कम्युनिस्टहरुले जनतालाई धोका दिए, काँग्रेस लाई भोट दिनुहोस :नैनसिंह महर


काँग्रेस युवा नेता एवम् नेविसंघ पुर्व अध्यक्ष नैनसिंह महरले पोखराका मतदाताहरुलाई रुखमा मतदान गर्न अनुरोध गरेका छन । पोखरामा मंगलबार भएको घरदैलेका क्रममा महरले भने , ‘कम्युनिस्टहरुले नेपाली जनता लाई धोका दिएका छन ,यो उपनिर्बाचनमा काँग्रेसको पक्षमा भोट दिनुहोस । काँग्रेस विजयगराउने देशव्यापी अभियानमा रहेका महरले कास्की २ नं। क्षेत्रका काँग्रेस उम्मेदवार खेमराज पौडेलको घरदैलो कार्यक्रममा पोखरेली जनता संग भोट माग्दै वर्तमान कम्यनिस्ट सरकार राष्ट्रघाती र लम्पसारवादील भएको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्