earthquake

चैत १५, एजेन्सी

जापानको चिबा प्रिफेक्चरमा आइतबार बिहान ५।८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ५० किलोमिटरको गहिराईमा रहेको थियो । भूकम्प स्थानीय समयानुसार बिहान ९ः२७ मा गएको थियो । तर भूकम्पका कारण पूर्वी सागरमा कुनै सुनामीको चेतावनी दिइएको छैन ।
गत साता पनि उत्तरपूर्वी जापानमा ७.२ म्याग्नीच्यूडको भूकम्प गएको थियो । जापान भूकम्पीय दृष्टिबाट निकै जोखिमयुक्त राष्ट्रमा रहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 4 हप्ता अगाडी 2423 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्