महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ ।

आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र अरुमा पनि लक्षण देखिएकाले आकस्मिक सेवा बन्द गरिएको अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले जानकारी दिए ।

उनका अनुसार आकस्मिक बाहेकका सेवा भने खुल्ला नै छ ।

आकस्मिक कक्षका ६ जनामा सङ्क्रमण पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा आएका सय जनाभन्दा धेरैको आज कोरोना परीक्षणको लागि स्वाब संकलनको तयारी भएको छ ।

सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा राखिएको पनि संयोजक दासले बताए ।

पछिल्लो समय अस्पतालहरु कोरोनाको केन्द्रबिन्दु बनिरहेका छन् । अन्य रोग लागेका मानिसहरु पनि कोरोनाको कारणले गर्दा उपचार गर्नको लागि अस्पताल जान हिँचकिचाउने गरेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 4 महिना अगाडी 2436 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्