वितेको २४ घन्टामा छिमेकी मुलुक भारतमा विश्वमै सबैभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले उपलव्ध गराएको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घन्टामा ६७ हजार भन्दा बढी संक्रमित फेला परेका छन् ।

यो संख्या विश्वमै सबैभन्दा बढी हो । कोरोनाले आक्रान्त भएको संयुक्त राज्य अमेरिकामा सोही अवधिमा ५४ हजार भन्दा बढी संक्रमित फेला पर्दा दोस्रो नम्बरमा रहेको ब्राजिलामा ५८ हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा संक्रमित हुनेको संख्या २४ लाख पुगेको छ भने ज्यान गुमाउनेको संख्या ४७ हजार नाघेको छ ।

विश्वभर कोरोना संक्रमित २ करवड ८ लाख २० हजार नाघ्दा ७ लाख ४७ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १ करोड ३७ लाख १९ हजार भन्दा बढी निको भएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 5 महिना अगाडी 2415 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्