आठ दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यास्थित राममन्दिरको भूमि पूजामा सहभागी एकजना ८२ वर्षीय महन्थलाई कोरोना संक्रमण भएको छ।

अयोध्यास्थित तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासलाई कोरोना पोजेटिभ भएको हो।

नृत्य गोपाल दास बुधवार जन्माष्टमी मनाउन मथुरा पुगेका थिए। बिहीबार बिहान उनको स्वास्थ्य अचानक बिग्रिएको थियो। मुख्यमन्त्री कार्यालयका कर्मचारी र स्वास्थ्य टोलीले उनी बसेको ठाउँमा पुगेर जाँचेको थियो। त्यहाँ स्वाब लिएर गरिएको परीक्षणमा उनी संक्रमित पाइएको हो।

अयोध्यास्थित तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दास

युपीका मुख्यमन्त्रीले मथुराका डीएम र मेदान्ता अस्पतालका डाक्टर त्रेहानसँग कुरा गरेको र उनीहरुलाई महन्त गोपाल दासलाई सबै सम्भव चिकित्सकिय सुविधा उपलब्ध गराउन माग गरेको उत्तर प्रदेशका प्रमुख स्वास्थ्य अधिकारीले जानकारी दिए ।

नृत्य गोपाल दासलाई स्वास् लिनमा कठिनाइ भइरहेको बताइएको छ । उनी यतिबेला मथुरामा छन् । कृष्ण जन्माष्टमी अघि महन्त नृत्य गोपाल मंगलबार साँझ मथुराको सीता राम आश्रम पुगेका थिए ।

त्यहाँ उनले प्रेससँगको कुराकानीमा सरयु नदीको दिब्य जल लिएर मथुरा पुगेको र मोक्षपुरी मथुरा तथा अयोध्याका परम पवित्र नदिहरु यमुना र सरयुको जलसँग गंगाजलको उपयोग गरि श्री कृष्णको जन्ममहाभिषेक गरिने बताएका थिए ।

यसअघि महन्त नेत्य गोपाल अयोध्यामा भएको राम मन्दिर भुमि पुजन कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका गभर्नर आनन्दी बेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ र राष्ट्रिय स्वयंसेवक संघका अध्यक्ष मोहन भागवतसँगै मन्चमा उनी उपस्थित थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 5 महिना अगाडी 2423 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्