
काठमाडौँ, २९ साउन । कास्कीमा नगदसहित १७ जना जुवाडे पक्राउ परेका छन् ।
प्रहरीले पोखरा महानगरपालिका १० मा डेरा बस्ने सोही महानगरपालिका १४, मझेरीपाटन घर भएकी ५० वर्षीया ज्ञानु हमालको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई नगद १ लाख २ हजार ४ सय ९० रुपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।