सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न दाहाल बालुवाटार पुगेका हुन् ।

पार्टीभित्रको आन्तरिक विवाद चर्किदा दुई अध्यक्षबीच पछिल्लो साता सम्वाद भएको थिएन् ।

साउन १३ गते ओलीले एकलौटी रुपमा स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै दाहाल समूह रुष्ट बनेको थियो । लगत्तै, दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले बैठक सञ्चालन गरेको थियो । ओली समूहले उक्त बैठकलाई भेलाको संज्ञा दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ।

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले भने बुधबारै काठमाडौंको थापागाउँमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग पार्टीभित्र देखा परेका विषयमा सुझावका लागि भन्दै छलफल गरेका थिए। अर्कातिर दुई अध्यक्षबीच संवाद गराउन र विवाद टुंग्याउन दोस्रो पुस्ताका नेताहरूले भित्री रूपमा छलफल पनि बाक्लो बनाएका समाचारहरु यसअघि नै प्रकाशित भैसकेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 1 महिना अगाडी 248 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्