काठमाडौं । यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३।२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ ।

समयमै पानी परेका कारण मौसमको अनुकूलता र कोरोना भाइरस ९कोभिड–१९० ले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीले भने, ‘हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा यसपटक धान रोपाइँ भएको छ । समयमै पानी परेको तथा पर्याप्त जनशक्ति उपलब्ध भएका कारण गत वर्षभन्दा तीन प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।’

मन्त्रालयका अनुुसार नेपालको मुख्य खाद्यान्न बाली धान खेतीको कुल क्षेत्रफल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल रहेको छ । त्यसमध्ये यो वर्ष १३ लाख ४६ हजार ९२० हेक्टर क्षेत्रफलमा धान लगाइएको छ । यो कुल क्षेत्रफलको ९८।१९ प्रतिशत हो । धान रोपाइँ क्षेत्रफल वृद्धि हुनुमा कोरोना भाइरस ९कोभिड–१९० ले निम्त्याएको बन्दाबन्दी नै मुख्य कारण रहेको मन्त्रालयको ठम्याइँ छ ।

बन्दाबन्दी भएका कारणले शहर बजारबाट धेरै मानिस गाउँघर पुुगेको र खेतीमा ध्यान दिएका कारण बढी क्षेत्रफलमा धान रोपाइँ सम्भव भएको प्रवक्ता केसीको भनाइ छ । उनका अनुसार अझै रोपाइँ जारी पनि छ र यो वर्ष ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुनसक्छ । नेपालमा भदौको पहिलो सातासम्म रोपाइँ हुने गरेको छ । गोरखापत्र दैनिकबाट

अन्तिम पटक अध्यावधिक गरिएको 1 महिना अगाडी 245 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्