अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको आज दुई महिना पुगेको छ । तर राजपूतको निधनबारेको अनुसन्धानले अझैं टुंगो पाएको छैन । सुशान्त १४ जुनमा आफ्नो मुम्बईस्थित घरमा मृत फेला परेका थिए । उनको मृत्युपछि परिवारले उनकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध सुशान्तलाई आत्मह-त्या गर्न प्रोत्साहन गरेको आरोपमा मु-द्दा दर्ता गराएको छ ।

रियामाथि आफ्नो परिवारको सहयोगमा सुशान्तको १५ करोड रुपैंयाँ हडपेको आरोप पनि छ । सुशान्तको निधनले एक वर्षदेखि लिभ इन टुगेदरको सम्बन्धमा रहेकी रिया पूर्ण रुपमा शंकाको घेरामा परेकी छन् । त्यसो त सुशान्त र रिया जस्तै घटना बलिउडमा पहिलो होइन ।

अभिनेत्री रेखासँग विवाह गरेको सात महिना पछि मुकेशले आत्मह-त्या गरेका थिए । रेखाको प्रेमजीवन जहिल्यै चर्चाको विषय बन्यो । यस्तै केही घटनाक्रमले मुकेश अग्रवालसँग उनको विवाह निकै विवा-दास्पद बन्यो । रेखाले मार्च ४, १९९० मा मुकेशसँग एक मन्दिरमा विवाह गरेकी थिइन् । विवाहको ७ महिना पछि मुकेशले आफ्नो फार्महाउसको शयन कक्षमा गएर रेखाको पछ्यौरीमा झु-न्डिएर आत्मह-त्या गरेका थिए ।

रेखासँग विवाह पछि मुकेश डिप्रे-सनमा गएका थिए । दुबैबीचको तालमेल राम्रोसँग जम्न सकेको थिएन । यो बीचमा मुकेशले व्यावसायिक घाटा पनि व्यहोर्नुपर्यो । मुकेशको निधन पछि प्रहरीको शंका रेखामाथि गए पनि रेखाले कहिल्यै यो विषयमा खुलेर बोलिनन् ।

निर्माता तथा निर्देशक महेश भट्टमाथि परवीनको स्टारडमको फाइदा उठाएको र उनलाई प्रयोग गरिएको आ-रोप लागेको थियो । परवीन आफ्नो अभिनय करियरमा उच्च विन्दुमा थिइन्, जुन समयमा उनी महेश भट्टलाई आफ्नो माया दिएकी थिइन् । सन् १९७७ मा दुवैको प्रेम एउटा विन्दुमा पुगेको थियो । त्यो समयमा महेश विवाहित थिए, जबकी परवीन कबीर बेदीसँग ब्रेकअपको पीडाबाट बाहिर आइसकेकी थिइन् । आफ्नो समयको सुपरस्टार परवीन र महेश पनि लिभ इन टुगेदरमा थिए । जब उनीहरु सँगै रहन्थे, त्यो समयमा स्टारडम केही पछाडि पथ्र्यो । घरमा परवीन एक साधारण युवती थिइन्, जसले महेशलाई पागल जस्तै प्रेम गर्थिन् । तर यो प्रेमको अन्त्य निकै दर्दनाक किसिमले भयो ।

चिकित्सकका अनुसार परवीन मा-नसिक रुपले बिरामी थिइन् र उनको बिरामीको उपचार पनि सम्भव थिएन । महेशले अमेरिकासम्म पुगेर परवीनको उपचार गराए, तर उनी ठिक भइनन् । यसबाट आजित भएर महेशले परवीनलाई छोडेर आफ्नो पत्नीतिर आए । यो घटनापछि महेशमाथि परवीनको स्टारडमको फाइदा उठाएको र उनलाई प्रयोग गरिएको आरोप लाग्यो । परवीनको जनवरी २०, २००५ मा रहस्यमय किसिमले मृत्यु भयो । परवीन मुम्बईमा एक्लै बस्थिइन् । मृत्युको तीन दिनपछि मात्र उनको ला श भेटिएको थियो ।

अभिनेता सूरज पन्चोलीमाथि प्रेमिका जिया खानलाई आत्मह-त्या गर्न उक्सा-एको आरोप लागेको थियो । जियाले ३ जुन, २०१३ मा झु-ण्डिएर आत्मह-त्या गरेकी थिइन् । जियाकी आमा राबियाले सूरजमाथि छोरीलाई आत्मह-त्या गर्न प्रो-त्साहन गरेको आरोप लगाइन् । यो घटनापछि प्रहरीले सूरजलाई पक्राउ गरेको थियो । जेलमा एक महिना बिताएपछि सूरज जमानतमा रिहा भएका थिए ।

‘बालिका बधु’ फेम प्रत्युषा बनर्जीले सन् २०१६ अप्रिल १ मा आत्मह-त्या गरेकी थिइन् । प्रत्युषाको मृत्युलाई लिएर उनका प्रेमी राहुल राज सिंह शंकाको घेरामा तानिए । मृत्युपछि राहुलले प्रत्यूषाको श-वलाई कोकिला बेन अस्पतालमा छोडेर भागेका थिए । दुबै लिभिङ टुगेदर सम्बन्धमा थिए ।

राहुल र प्रत्यूषा सन् २०१३ मा पहिलोपटक एक साथीको पार्टीमा भेटिएका थिए । यो भेटपछि दुवै डेटमा रमाए । तर प्रत्यूषालाई राहुलको कुनै अर्को केटीसँग सम्बन्ध रहेकोमा आशंका थियो । यही कारण उनी दुःखी थिइन् । प्रत्यूषाको मृत्युपछि राहुलले अभिनेत्री सलोनी शर्मासँग विवाह गरे ।

अभिनेत्री दिव्या भारतीको रहस्यमयी तरिकाले १९ वर्षको उमेरमा मृत्यु भएको थियो । दिव्याको मृत्युको कारण पाँचौं तलाबाट झरेको भनिएको थियो । तर मृत्युको कारण जहिल्यै विवादमा रहिरह्यो । मृत्युको एघार महिना अघि दिव्याले साजिद नाडियाडवालासँग २० मे, १९९२ मा विवाह गरेकी थिइन् ।

यसपछि अप्रिल ५, १९९३ मा उनको मृत्यु भयो । कैयौंले साजिदलाई दिव्याको मृत्युको कारक माने । दिव्याको आत्मह-त्या हो वा ह-त्या हो भन्ने रहस्य अझै पनि सुल्झन सकेको छैन ।

अन्तिम पटक अध्यावधिक गरिएको 8 महिना अगाडी 2415 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्