
भारतीय क्रिकेटर एमएस धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।
उनले इष्ट्राग्राममा एक भिडियो शेयर गर्दै सबै फ्याम्याटको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
एमएस धोनीलाई भारतमा एक सफल कप्तान मानिँदै आएको छ । उनको कप्तानीमा
भारतले तीनवटा आइसीसी ट्रफी जितेको छ । सन् २००७ को टी २० बर्ल्डकप ट्रफि,
सन् २०११ मा भएको ५० ओभरको
बर्ल्ड कप ट्रफि र सन् २०१३ मा भएको आइसीसी च्याम्पियन ट्रफि ।
३० डिसेम्बर २०१४ मा टेष्ट कप्तान र जनवरी २०१७ मा ओडीआई कप्तानी छाडेका उनले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । अब धोनीले भारतीय क्रिकेट टिमबाट खेलेको देख्न पाइने छैन । तर धोनीले आईपीएल भने खेल्ने छन् ।
धोनी अन्तिम पटक सन् २०१९ मा भएको आइसीसी क्रिकेट बर्ल्ड कपको सेमिफाइलनमा सहभागी भएका थिए । जसमा भारतले न्यूजिल्याण्डसँग हारेको थियो ।