काठमाडौं (एजेन्सी) । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाईनल सकिमरण पूरा भएको छ ।

गए राति भएको अन्तिम क्वाटरफाईनल खेलमा फ्रान्सको ओलम्पिक लियोंले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीलाई हराएसँगै सेमफिाईनल पुग्ने सबै चार टोलीको टुंगो लागेको हो । अब सेमिफाईनलमा लियोंको भिडन्त जर्मन क्लब बायर्न म्युनिखसँग हुनेछ । अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजी र जर्मनीको आर।बी लेप्जीग भिड्नेछन् ।

गए रातिको खेलमा लियोंले म्यान्चेस्टर सिटीलाई ३–१ ले हरायो । उसका लागि मौसा डेम्बेलेले दुई तथा म्याक्सवेल कोेर्नटले एक गोल गरे । पराजित टोली सिटीका केभिन डे ब्रायनले एक गोल गरेका थिए ।

यो हारसँगै म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने सपना फेरी एक पटक टुटेको छ । यस पटक सेमिफाईनलमा जर्मनीका दुई टोली तथा फ्रान्सका दुई टोली पुगेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 1 महिना अगाडी 246 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्