लियोनमाथि शानदार जित निकाल्दै बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ ।

गएराति भएको खेलमा फ्रान्सेली क्लब लियोनलाई ३-० गोलले हराउँदै जर्मन क्लब बार्यन फाइनलमा प्रवेश गरेको हो ।

बार्यनको जितमा सर्ज गेनाब्रीले २ तथा रोबर्ट लेवान्डोस्कीले १ गोल गर्न सफल भए । बायर्नले बार्सिलोनालाई ८-२ गोलले हराउँदै समिफाइनलमा स्थान बनाएको थियो ।

च्याम्पियन्स लिगको उपाधिका लागि अब बार्यनले आउँदो सोमबार पेरिस सेन्ट जर्मेनविरुद्ध खेल्नेछ ।  

अन्तिम पटक अध्यावधिक गरिएको 3 महिना अगाडी 2426 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्