नायिका वर्षा सिवाकोटी सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। वर्षाले सामाजिक सञ्जालमा सार्वजनिक गर्ने तस्वीरले मिडियामा पनि चर्चा पाइरहेका छन् ।

केहि पहिलासम्म मिडियामा खासै नछाउने वर्षाले गसिप बजार बारे सायद बल्ल बुझेको हुनुपर्छ। उनी, अब फ्यानहरूसँग पनि जोडिन थालेकी छिन् र मिडियामा पनि छाउन थालेकी छिन् ।

सामाजिक सञ्जालमा दर्शकसँगको प्रश्नको जवाफ दिने शैली नेपाली कलाकारहरूले पनि समय-समयमा पछ्याएका छन् । यही भिडमा नायिका सिवाकोटी पनि अगाडि आएकी छिन् ।

उनले समसामयिक बिषयहरुमा आफ्नो आवाज उठाउने गरेकी छिन् । नवराज बिक देखि लिएर निर्मला पन्तलाई न्याय दिलाउन सम्म उनी आफ्नो आवाज बुलन्द पार्दै आएकी छिन् ।

केहि दिन देखि स्वास्थ्यकर्मी माथी भएको दुर्व्यवहारलाई रोक्न उनले आफ्नो आवाज बुलन्द पार्ने कोसिस गरेकी छिन् । उनले फेसबुकमा लेखेको छिन्, ‘संसार भर फैलिएको कोरोना कहर बाट आज सारा विश्व ग्रसित छ। यो माहामारी नेपालमा पनि १-२ को सङ्ख्याबाट आज सयौ र हजारौँ को सङ्ख्यामा दिनानुदिन बढिरहेको छ ।’

अन्तिम पटक अध्यावधिक गरिएको 3 महिना अगाडी 2464 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्