गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ ।

गत भाद्र १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कै प्राङ्गणमा भएको कोरोना संक्रमण परिक्षण (PCR Test)मा प्रहरी नायव महानिरीक्षक अर्यालको रिपोर्ट पोजिटिभ देखिएको थियो । रिपोर्ट पोजिटिभ देखिएसंगै आफ्नै निवासमा Home Isolation मा रहनुभएका प्रहरी नायव महानिरीक्षक अर्यालले यही असोज ११ गते दिनुभएको स्वाब परिक्षण(PCR Test)को रिपोर्ट आज असोज १२ गते नेगेटिभ आएसंगै कोरोना संक्रमणबाट मुक्त हुनुभएको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 4 हप्ता अगाडी 2425 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्