पोखरा , १८ असोज
हाम्रो पोखरा कास्कीको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन हिजो पोखरामा सम्पन्न भएको छ । अधिवेशनले माधव पौडेलको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । जसमा अस्मिता अधिकारी उपाध्यक्ष, सफल पौडेल सचिव, गोविन्द पौडेल कोषादक्ष रहेकाछन् भने सदस्यहरुमा केशव आचार्य, प्रविन ढुङ्गागा, सफल पौडेल, सम्झना लामिछाने, सलिना रानाभाट र शर्मिला अधिकारी, दिपेश भण्डारी रहेका छन् ।


हाम्रो पोखरा कास्कीका संस्थापक अध्यक्ष अनिलजङ्ग पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जागौँ पोखरा अभियानका सुचना अधिकारी तथा प्रवक्ता कृष्ण बराल रहनु भएको थियो । प्रमुख अतिथि बरालले संस्थाको उन्नती र सफलताको शुभकामना दिदै यूवाहरु हप्तामा कम्तिमा पनि २ घण्टा देश र समाजको लागी यूवाहरुले समय खर्चनु पर्ने बताउनु भयो । कार्यक्रममा हाम्रो पोखरा कास्कीका कानुनी सल्लाहकार सुकदेव गौतम, सल्लाहकार विरेन्द्र पराजुली, सागर सापकोटा , जयन्ती न्यौपाने, संस्थाका भू.पू अध्यक्ष सुवास आचार्य, शुभचिन्तक बिष्णुहरि पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सफल पौडेलले गरेका थिए ।


समाजिक सञ्जाल फेसबुकवाट स्थापित यस संस्थाले विभिन्न समाजिक कार्य तथा सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 3 हप्ता अगाडी 2446 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्