कार्तिक ०७ पोखरा

नेपालीहरु को महानचाड बडादशैको अवसर पारेर सामाजिक युबा हरुको संस्था हाम्रो पोखरा कास्कीले पोखराको चाइनिज पुल वरिपरि रहेका सडक बालबालिका तथा बिन्दाबासिनी मन्दिरमा रहेका अपांग अनि असहायहरु लाई खाना बितरण गरेको छ। आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै यस सस्थाले बिगतका बर्षमा जस्तै यो बर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिएको हो।

कार्यक्रममा सामाजिक काम लाई आफ्नो जीवनको पाटो सम्झिने जोसिला पोख्रेली मेम्बरहरु तथा कार्यक्रममा सहयोग गर्नु हुने सम्पुणलाई विशेष धन्यबाद दिदै लगभग ५० जना बालबालिका तथा जेष्ठ नागरिक लाई खाना खुवाएको हाम्रो पोखरा कास्की का अध्यक्ष माधव पौडेल (ए.आर)ले बताएका छन ।

अन्तिम पटक अध्यावधिक गरिएको 6 महिना अगाडी 24194 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्