मंसिर २२ पोखरा । आगामी पुस २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनका लागि महिला उद्यमी शोभा गौतमले उम्मेदवारी दिने भएकी छन् । उनले कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन् ।

‘अघिल्लो पटक प्राविधिक कारणले यहाँहरु समक्ष रहन नसकेको अबगत नै छ । तत अवस्थामा सम्पूर्ण उद्योगी व्यवसायीहरुले देखाउनु भएको माया र सद्भावलाई अनुशरण गर्दै यस पटक पनि त्यस्तै माया र सदभाव सहित अमुल्य मतको अपेक्षा राख्दछु,’ उनले भनेकी छन् ।

सुप्रिम सप्लायर्सका सञ्चालक गौतम लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको डिस्ट्रिक्ट चेयर पर्सन, लायन्स क्लब अफ पोखरा पुष्पाञ्जलीको संस्थापकअध्यक्ष, सृजनशील नेपालको केन्द्रीय अध्यक्ष, सृजनशील नमुना एग्रो फार्मको सञ्चालक, पुष्पाञ्जली फेसन एन्ड इभेन्टको प्रबन्ध निर्देशक, सफल एड्भटाइजिङको अध्यक्ष, नेपाल विज्ञापन संघको गण्डकी प्रदेश संयोजक, रेडियो कास्कीको उपाध्यक्ष लगायत मानव सेवा आश्रम, कास्कीकोट युवा सञ्जाल लगायतमा आबद्ध छन् ।

संघ अन्तर्गतको महिला उद्यमी समितिमा समेत काम गरिसकेकी गौतमले संघले आयोजना गरेको व्यापार मेलाको सांस्कृतिक उपसमितिका सहसंयोजक भएर पनि काम गरिसकेकी छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 5 महिना अगाडी 241087 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्