
भाषा संघ नेपालको पाँचौ साधारण सभा रोयल साकुरा रेष्टुरेण्ड एण्ड क्याफेमा आइतबार सम्पन्न भएको छ।
भाषा संघ नेपालका संस्थापक अध्यक्ष युवराज खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै जापानिज भाषालाई प्रशिक्षण गराउँदा र परामर्श गराउँदा भाषा संघ नेपालमा आवद्ध सम्पूर्ण परामर्श दात्तृ संस्थाहरुले सरकारी नियमनकारी निकायको दायरामा रही काम गर्न अनुरोध गरेका थिए। उनले “परामर्श एवम् प्रशिक्षण गराउनु राम्रो हो तर गलत सूचना प्रवाह गरि दिग्भ्रमित नबआउन अनुरोध गर्दछु।” आगामी दिनमा संस्थालाई मजवुद र मर्यादित बनाउनको लाीग आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जानकारी गराए।
भाषा संघ नेपालका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले संस्था आर्थिक हिसावले कमजोरी भएकोले संस्थाको आर्थिक बृद्धिको लागि विभिन्न कार्यक्रम गर्ने प्रतिवद्धता जनाए। त्यसैगरी सामाजिक क्षेत्रमा उत्तरदायित्व रहने किसिमिका कार्यक्रमहरु समाजमा चलाउने समेत बताएका थिए। कोरोना–१९ कारणले जापानमा अध्ययन गर्न जाने विद्यार्थीहरुको कमी भएको हुँदा सही सूचना प्रवाह गर्नको लागि भाषा संघ नेपालले जापानको सही बस्तुस्थितिको बारेमा जानकारी गराउने उद्देश्य अनुरुप शैक्षिक मेला राखिने बताए।
संस्थाका महासचिव मोतिप्रसाद श्रेष्ठले कार्यक्रममा बोल्दै “कोभिड–१९” ले विश्वसमाजमा पारेको असरले नेपाल पनि अछुतो नरहेको बताए । झन् जापानमा अध्ययनको लागि परामर्श दिइने क्षेत्रमा यसको ठूलो प्रभाव परेको छ। यसबाट कति परामर्श दाताहरु पलायन हुने अवस्था आएको हुँदा अबका दिनमा उचित र समय सान्दर्भिक तरिकाले कार्यक्रम गरि अगाडि बढ्नुपर्ने अवस्था देखिएको बताएका थिए।

संस्थाका सचिव बालकृष्ण शर्माले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष पूर्ण चन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।