पोखरा उद्योग वाणिज्य संघ पुष २४ र २५ गते भएको ३३ औ महाधिवेशनको अध्यक्षमा नारायण कोइराला निर्वाचित भएका छन्।

भने सबै भन्दा बढी लोकप्रिय मत ल्याई शोभा गौतम विजयी भएकी छन् उनले कुल मत २ हजार ३ सय ६५ मा १ हजार ७ सय मत ल्याएकी थिइन्।


नारायण कोईरालाका प्रतिष्पर्धी विन्दु कोइराला सुवेदीलाई ४ सय १० मतले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् । बिजयी कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गरे । उनका प्रतिपष्पर्धी विन्दु कोइराला सुवेदीले ९ सय ६५ मत प्राप्त गरे। यसैगरी उपाध्यक्ष (वाणिज्यतर्फ)मा महासचिव अर्जुन पोखरेल विजयी भए । उनले १ हजार २ सय ४४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी सोवित पौडेलले १ हजार ९६ मत प्राप्त गरे ।
उपाध्यक्ष (उद्योग) मा गोकर्ण कार्की विजयी भएका छन् । उनले १ हजार ३ सय २७ मत प्राप्त गरे । उनको प्रतिद्वन्द्वी चिनु कुमारी गुरूङले १ हजार १४ मत प्राप्त गरिन् ।
महासचिवमा सुरेन्द्रमान बिजुक्छेले १ हजार ५ सय १४ मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्द्वी धनिराम बरालले ८ सय २८ मत प्राप्त गरे ।
उप–महासचिव केशवबहादुर खत्रीले १ हजार ३ सय २३ मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी धर्मराज बर्तोलाले १ हजार १३ मत प्राप्त गरे । कोषाध्यक्षमा बलराम आचार्यले १ हजार २ सय ६५ मतले विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी तारानाथ ढुंगानाले १ हजार ७० मत प्राप्त गरेका छन् भने सदस्यहरुमा दिनेश चन्द्र बास्तोलाले १ हजार २ सय ८२, शोभा गौतम १ हजार ७ सय, कुमारी मुना बास्तोला १ हजार ६ सय २६, हरिराज पन्त १ हजार ३ सय ८८, भरत केसी खत्री १ हजार ३ सय २३, सुदन बहादुर कोइराला १ हजार २ सय ७९, देबेन्द्र के सी १ हजार ६ सय ८५, पबित्रा गुरुङ १ हजार २ सय ४१, सुदिप प्रधानाङ्ग १ हजार ४ सय १४ र उत्तम मान बुद्धाचार्य १ हजार ५ सय ९७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 3 महिना अगाडी 2454 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्