कृषि विकास बैंकको ५४ औं वार्षिक उत्सवको अवसरमा बैंकमा क्रियाशिल दुई वटा कर्मचारी संगठन नेपाल वित्तिय संस्था कर्मचारी संघ र कृषि विकास वैंक कर्मचारी संगठन नेपालको संयुक्त आयोजनामा पोखरा विन्ध्यवासिनी मन्दिरमा ध्बतभच म्ष्कउभलकभच ःबअजष्लभ (शुद्ध पिउने पानीको लागि मेसिन) तथा कृषि विकास बैंक, पोखराको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा विन्ध्यवासिनीमा विहान ८ बजे भएको ध्बतभच म्ष्कउभलकभच ःबअजष्लभ वितरण कार्यक्रमको अध्यक्षता कर्मचारी संगठन नेपालका अध्यक्ष भेषराज घिमिरेले गरेका थिए भने कार्यक्रमको बारेमा नेपाल वित्तिय संस्था कर्मचारी संघका अध्यक्ष बद्रिनारायण पौडेलले प्रकाश परेका थिए । मन्दिर व्यवस्थापनको तर्फबाट तिर्थ श्रेष्ठलाई प्रमुख अतिथि कृषि विकास बैंकका निर्देशक रघुनाथ न्यौपानेले सामाग्री हस्तान्तरण गरेका थिए भने कार्यक्रम राजेन्द्र सुवेदीले सञ्चालन गरेका थिए ।

त्यस्तै युनियनहरुद्धारा संयुक्तरुपमा आयोजित खुल्ला रक्तदान कार्यक्रमको अध्यक्षता दुवै युनियनका अध्यक्ष भेषराज घिमिरे एवं वद्रिनारायण पौडेलले संयुक्त रुपमा गरेका थिए । कार्यक्रम संचालन कृषि विकास वैंक लि। कर्मचारी संगठनका सह–संयोजक सन्तोष थापाले गरेका थिए भने स्वागत मन्तव्य राजेन्द्र सुवेदीले दिएका थिए ।
उक्त कार्यक्रममा ५४ युनिट रगत संकलन भएको थियो । कार्यक्रममा विशेष अतिथि मुख्य शाखा प्रबन्धक माधव रिजाल, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डे तथा प्रमुख अतिथि निर्देशक रघुनाथ न्यौपानेले शुभकामना मन्तव्य दिएका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 1 महिना अगाडी 2429 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्