तनहुँ । व्यास–९ गजौडेमा एम्बुलेन्स खरिदका लागि ‘राजापानी कलेस्ती दिगो समाज’ ले सक्रियता देखाएको छ ।

एम्बुलेन्स खरिद अभियान सञ्चालनका लागि काठमाडौंमा भक्तबहादुर गोदारको अध्यक्षतामा बृहत् भेला समेत गरिएको छ । उक्त भेलाले नेपाल र बिश्वभर छरिएर रहेको कलेस्तीबासी र गैर कलेस्तीबासीलाई समेत यो अभियानमा सरिक हुन आग्रह गरेको छ ।

समितिका सल्लाहकार एबम पुर्व बरिष्ठ प्रहरी उपरीक्षक भिम बहादुर र समितिका अर्का सल्लाहकार बालचन्द्र आचार्यले यो अभियानबाट कलेस्तीबासीले प्रत्यक्ष लाभ लिने भए पनि सामाजिक कामको शुरुआत आफैंमा प्रशंसायोग्य रहेको बताए । साथै युवालाई गाँउको बिकास र समाजसेवामा अझै सक्रियतापुर्वक लाग्न आग्रह गरे ।

युवाहरुले अबको समयमा गाउँमा रोजगारी सिर्जना गर्न सक्ने खालका उद्योग सञ्चालन गर्ने पनि मनस्थिति बनाउनुपर्ने उनीहरुको सुझाव थियो ।

वरिष्ठ सन्चारकर्मी तथा समाजसेवामा समर्पित यस समाजका कोषाध्यक्ष रोशन रेग्मी (आर सि रेग्मी ) ले यो अभियानको आर्थिक पारदर्शितामा ढुक्क भई सेवामा जुट्न सबैलाई आग्रह गरे ।

अबको ६ महिना भित्र एम्बुलेन्सका लागि आवश्यक लागत जुटाइ खरिद गरी स्थानीय सरकारलाई हस्तान्तरण गर्ने समाजको योजना रहेको कोषाध्क्ष रेग्मीले जानकारी दिए ।

माझफाँट, गजौडे, सिस्नेरी, डोटेलफाँट, विर्ता लगायतका ठाँउमा एम्बुलेन्स सेवाको आवस्यकता महशुस गरि समाजले एम्बुलेन्स खरिदको लागि महाअभियान शुरुआत गरेको हो । यस क्षेत्रमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको खण्डमा व्यासको ९ ,८ र ७ र भानु–१३ नम्बर वडाका जनता लाभान्वित हुनेछन् ।

राजापानी कलेस्ती दिगो समाजले समाज कलेस्तीको सामाजिक बिकासको लागि यही बर्ष बिधिवत दर्ता भएको गैर नाफामुलक सामाजिक संस्था हो । स्वदेश र बिदेशका नागरिकहरुलाई जोडी कलेस्तीकै साझा समस्यामा केन्द्रित बनाउदै सबैको सहयोग मार्फत समस्या समाधान गराउने प्रमुख उद्देश्यले कलेस्ती दिगो समाजको स्थापना भएको हो ।

बिगतमा यस समाजले दिलिप खनाल बचाउ अभियान देखि माझफाँटका पहिरो पीडितलाई राहत दिदै श्री राजापानी मन्दिर रङ्गरोगनको लागि पनि आर्थिक सहयोग जुटाइ हस्तान्तरण गरिसकिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1 महिना अगाडी 24235 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्