उपेन्द्र यादव दिल्लीमा रहेका बेला मन्त्रालय ‘गायब’


काठमाडौं, ५ मंसिर । भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री केपी ओलीले सत्ता साझेदार दल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिदिएका छन् ।

यादव भारतको राजधानी नयाँदिल्लीमा छन् । दिल्लीमा रहेका बेला यता ओलीले बुधबार साँझ यादवको मन्त्रालय खोसेर आफ्नै पार्टीका भानुभक्त ढकाललाई दिएका हुन् ।

ढकालले सम्हाल्दै आएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालय यादवलाई ओलीले दिएका छन् ।

त्यति मात्रै होइन प्रधानमन्त्री ओलीले स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवलाई हटाइदिएका छन् ।

सत्तारुढ नेकपाका नेता मणि थापाले प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री यादवबीच कुराकानी भएर नै मन्त्रालय परिवर्तन गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्