messi

चैत ९, एजेन्सी,
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६–१ गोल अन्तरले हराएको छ ।

गए राति भएको खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई÷दुई तथा एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक÷एक गोल गरे । सोसिडाडका एण्डरले एक गोल फर्काए ।

यो सँगै लियोनल मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान समेत बनाएका छन् । उनले क्लबबाट ७ सय ६८ खेल खेलेका हुन् । जितपछि बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २८ खेलमा ६२ अंक जोडेको छ । सोसिडाड ४५ अंकसहित पाँचौं स्थानमा छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1 महिना अगाडी 245 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्