madipal

जेठ ६, पोखरा,

कास्कीको पोखरामा रहेको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालमा अब कोरोनाको निःशुल्क उपचार हुने भएको छ । सरकारले कोभिड–१९ केयर युनिट सञ्चालनका लागि ३० भन्दा बढी अस्पतालसँग सम्झौता गरेसँगै पोखराको जिएमसी र मणिपाल अस्पतालले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका हुन् ।

यसका लागि सरकारले संक्रमितको अवस्था हेरेर ३ हजार ५ सयदेखि १५ हजारसम्म उपचार खर्च अस्पताललाई प्रदान गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले गण्डकी मेडिकल कलेजमा कोरोनाको बिरामीको निशुल्क उपचार गर्ने भनेपछि तयारी शुरु गरेको कलेजकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. टुमाया घलेले बताउनुभयो । जटिल अवस्थाका बिरामीको उपचारका लागि एक दिनमा १५ हजारभन्दा बढी खर्च लागेको खण्डमा बिरामी आफैले तिर्नुपर्ने उहाँले बताउनुभयो ।

आफूहरुकोमा धेरै जटिल खालका बिरामी आउने हुँदा सरकारले दिएको १५ हजारले सबैलाई नधान्ने उँहाको भनाइ छ । सुरुमा १ सय बेड कोरोनाका बिरामीका लागि छुट्याउने सहमति भए पनि गण्डकी मेडिकल कलेजमा २ सय २२ जनासम्म संक्रमित पुगेको बताइएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1 महिना अगाडी 2438 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्