बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीकी एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका(३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन्। पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

स्क्रब टाइफसबाट सङ्क्रमित किशोरीलाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मंगलबार धनगढीको सारथी अस्पताल पुर्‍याइएको थियो। त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताए।

मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश रहेका छन्। उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पुर्‍याएका थिए।रासस

अन्तिम पटक अध्यावधिक गरिएको 1 बर्ष अगाडी 2477 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्