काठमाडौं, २९ साउन । काठमाडौं महानगरपालिका–१४ मा कोरोना भाइरसका संक्रमित बढ्दै गएको भन्दै पसलहरू बन्द गरिएका छन् ।

बिहीबार बिहानैदेखि स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुराँ लगायतलाई बन्द गरिएको बताइएको छ ।

विशेषगरी कलंकी चोकका पसलहरू बन्द गरिएको महानगरी प्रहरी वृत्त, कालिमाटीले जानकारी दिएको छ ।

उक्त वडामा मात्रै २५ जना कोरोना संक्रमितहरु फेला परिसकेका छन् ।

त्यस क्षेत्रमा अनावश्यक रूपमा हिँड्डुल नगर्न समेत प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1 बर्ष अगाडी 2453 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्