samixyaa baithak

चैत २८, कास्की,

भावना सामुदायिक कृषि सहकारी संस्था लिमिटेडले समिक्षा बैठक एवं नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

Baithak Hudai


कास्कीको पोखरा महानगरपालिका १८, सराङ्कोटमा रहेको संस्थाको प्राङ्गणमा भएको गरिएको कार्यक्रमका प्रमुख अतिथि वडा नं. १८ का वडाध्यक्ष रण बहादुर थापाले संस्थाको कार्यप्रगति राम्रो देखिएको र नयाँ वर्ष २०७८ को आगमन सँगै कृषि क्षेत्रको मजबुत खम्बा बन्न सकोस् भन्दै शुभकामना दिनुभएको छ ।
सस्थाका अध्यक्ष बलराम कोईरालाको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित सबैले नयाँ वर्षको उपलक्ष्यमा एक अर्कामा शुभकामना साटासाट गरेका थिए । संस्थाका सचिव मिन बहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एमाले वडा नं. १८ का अध्यक्ष पुस्कल बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 4 हप्ता अगाडी 24103 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्