काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभरका प्रयोगशालामा ९ हजार ८१० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार १६ जनामा कोराना पुष्टि भएको हो।

यस्तै आज ३० जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ।

४ हजार ९ सय १४ संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। देशभर हालसम्म ४२ हजार २४ सक्रिय संक्रमित रहेका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 3 महिना अगाडी 2439 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्