press meet

दिपेन्द्र रेग्मी, बैशाख ७, कास्की,


गण्डकी प्रदेशमै पहिलो पटक जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको आयोजना हुने भएको छ । जापानीज भाषा र सँस्कृतिका बारेमा नेपालीहरुलाई जानकारी दिने उद्येश्यका साथ आउँदो बैशाख ९ गते विहिबार प्रतियोगिताको आयोजना गरिने भाषा संघ नेपालले पत्रकार सम्मेलन मार्फत जानकारि दिएको हो ।
जापानिज भाषा सिक्दै गरेका विद्यार्थिको भाषा तथा ज्ञानको बिकासका निम्ति एतिहासिक रुपमा पहिलो पटक पोखरा महानगरपालिका बिरौटामा रहेको होटल ग्रान्डमा प्रतियोगिताको आयोजना गर्न लागिएको संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो । कम्तीमा ५ सय घण्टा जापानी भाषा सिकेका अथवा अध्ययन गरेका १९ जनाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेे संघले जनाएको छ । प्रतियोगितामा २ जना जापानी नागरिक र १ जना नेपाली गरि ३ जना निर्णायक मण्डलमा रहनुहुनेछ ।
कोरोनाको दोश्रो लहर सुरु भएसँगै सरकारले विभिन्न कार्यक्रमहरुमा रोक लगाईरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले तय गरेको सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै प्रतियोगिताको आयोजना गरिने संघका महासचिव मोति प्रसाद श्रेष्ठले बताउनुभयो ।
भाषा संघ नेपालको आयोजना एवं जापानी राजदुतावास काठमाण्डौँ र जापान फाउन्डेसन जापानको सहआयोजनामा प्रतियोगिता हुने भएको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 2 हप्ता अगाडी 2423 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्