school-colse

बैशाख ८, कास्की,


पछिल्लो समय कास्कीको पोखरा सहितका ठूला शहरहरुमा कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि तत्कालकालागि पोखराका सबै विद्यालय बन्द हुने भएका छन् ।
विषेस गरि विद्यालयमा अध्ययनरत बालबालिकाहरु कोरोनाको बढि जोखिममा रहेको भन्दै सरकारले वैशाख मसान्तरसम्म शहरि क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र उपमेयर मन्जुदेवि गुरुङ सहित सरोकारवालाको बैठकले यसअघि पोखराका विद्यालय बन्द नगर्ने जनाएका थिए ।
तर मन्त्रीपरिषद्को निर्णय र पोखरामा कोरोनाको अवस्थालाई मध्यनजर गरिसकेपछि सम्पूर्ण विद्यायलय बैशाख मसान्त सम्म बन्द गरेर अनलाईन कक्षा मार्फत अध्ययन अध्यापन गराउने निर्णय भएको निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) कास्कीका अध्यक्ष प्रेम शर्माले जानकारी दिनुभयो ।
सुरुमा महानगरपालिकाले विद्यालय बन्द नगर्ने कुरा गरेको भएपनि सरकारको आदेश पालना नगरे कारवाही पनि हुन सक्ने भएकोले विद्यालय बन्द गर्ने निर्णय लिन पुगेको शर्माले बताउनुभयो । उहाँले सरकारको निर्णयमा प्याब्सनको विमति रहेपनि तत्कालकालागि निर्णय पालना गर्नुको अर्को विकल्प नदेखिएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख (सिडिओ) थानेश्वर गौतमले क्याबिनेटको निर्णयलाई अटेरि गरि यदि कसैले विद्यालय सञ्चालन गरेको पाईएमा कानुन बमोजिम कारबाहि गरिने बताउनुभएको छ ।
विद्यालयमा भौतिक उपस्थितिमा अध्ययन अध्यापन गराउँदा विद्यार्थिहरुमा कोरोना संक्रमणको अत्यन्त जोखिम रहने हुनाले पनि महानगभित्रका सबै विद्यालय बन्द गरेर अनलाईन कक्षा सञ्चालन गर्न निर्देशन दिईएको बताउनुभयो । अहिलेलाई बैशाख मसान्त सम्म विद्यालय बन्द गरि अनलाईन कक्षा सञ्चालन गर्न भनिएको र कोरोना सामान्य बन्दै गएमा फेरि अर्को निर्णय गर्न सकिने सिडिओ गौतमको भनाई रहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 2 हप्ता अगाडी 2431 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्