मंसिर १७ पोखरा

पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधिन अवस्थामा रहेको विशाल महादेव मूर्ति स्थापना गर्न महतोपुर्ण योगदान पुर्याउनुहुने काठमाण्डौ निवासी उद्योगपति एवम् धार्मीक व्याक्तित्व तथा हिलटेङक प्रा.लिका निर्देशक कमल जयन आज कमल जयन पुम्दिकोटमा निर्माणमा रहेको महादेको मुर्ति अवलोकन गर्नु भएको छ । जयनको एकल सहयोगमा स्थापना गरीएको महादेवको मुर्ती सहयोग गर्नुभएको थियो । भारतबाट ल्याईएको बसेको महादेवको मुर्ती भारतको राजस्थानकाका मुर्तिकार बिपुल अग्रवालले निर्माण गरेका हुन । हाल महादेवको मुर्ति जडानको काम अन्तिम अन्तिम चरणमा पुगेको छ । पुम्दिकोट महादेव मुर्ति स्थापना समितिअध्यक्ष बरालले जानकारी दिनुभयो ।

स्थानिय स्तरमा महायज्ञ संचालन गरी संकलित रकम, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका , नेपाल पर्यटन बोडबाट आर्थिक सहयोग रहेको थियो । समुद्री सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको पुम्दीकोटको पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने उदेश्यका साथ नेपालकै आकर्षण बसेको शिव महादेवको मुर्ति स्थापना अन्तिम चरणमा पुगेको अध्यक्ष बरालले बताउनुभयो । हाल स्थापना गर्न लागीएको मुर्तीको ८० प्रतिशत काम सम्पन्न भएको जनाईएको छ । लकडाउनका कारण निर्माण कार्यमा केही असर गरेता पनी आगामी मंसिर महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । सोही परीसर स्थलमा पूजा सामग्री बिक्री कक्ष, गुरू महाराज आश्रम गृहलगायतका संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण गर्न लागीएको मूर्ति वरपर १०८ शिवलिंग भने निर्माण भईसकेकोछ । धार्मीक एवम् मुर्ति स्थापना क्षेत्रको डिजाइनकालागि स्काईलाइन आर्किटेक प्रमुख प्रवीन लघुले तयार गरेका हुन । समितिले गुरूयोजना निर्माण गरी धार्मीक क्षेत्र निर्माण गर्न लागेको हो । गुरु योजना अन्तर्गत सो क्षेत्रमा १०८ स्वर्गद्वारी सिँढी, रूंगाटा बैकुण्ठ हल, गुरू महाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थल लगायतका संरचना निर्माणलाई समेटिएको छ । धार्मीक क्षेत्रका लागी २२ रोपनी जग्गाको भोगाधिकार नेपाल सरकारबाट समितिलाई प्राप्त भइसकेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 5 महिना अगाडी 24143 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्