Prachand-Badal

५ चैत, सिन्धुली,


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग एकता हुनसक्ने बताउनुभएको छ । आज सिन्धुलीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओलीको गलत कदमविरुद्ध आन्दोलन गरिरहेका खनाल–नेपाल समूहसँग पार्टी एकता हुने संकेत गर्नुभएको हो ।
उहाँले कम्युनिष्ट पाटीको एकताको नीति अनुसार नै पार्टी एकता अघि बढाइने बताउनुभएको हो । अध्यक्ष दाहालले संवादका लागि प्रधानमन्त्री ओलीले आफूलाई फोन गरेपनि आफूले फोन गर्दा चाँही नउठाएको बताउनुभएको हो ।
फरक प्रसंगमा प्रचण्डले आफ्नै पूर्वसहकर्मी रामबहादुर थापालाई लालगद्दारको संज्ञा दिनुभएको छ । आफ्नो साथ छाडेर एमाले अध्यक्ष केपी ओलीतिर लागेका पूर्वसहकर्मीहरुप्रति निकै नै आक्रोश व्यक्त गर्नुभएका अध्यक्ष प्रचण्डले वर्तमान गृहमन्त्री थापालाई गद्दारको संज्ञा दिनुभएको हो ।

सिद्धिसकेका व्यक्तिलाई अघि सार्दा आफूले धोका पाएकोमा आत्मालोचित बन्दै दाहालले भन्नुभयो, ‘ पार्टीमा पनि फटाहालाई बढी विश्वास भयो । मैले नियतले त होइन तर गर्ने बेलामा अलि बुद्धि पु¥याइनँ । सकिइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ । आत्मसमीक्षा गर्नैपर्ने देखेँ । आएर रोएपछि मन्त्रीमा पठाएँ । अहिले महँगो मन्त्रीको रुपमा बिक्री भए । अर्का लालगद्दारलाई लौ गृहमन्त्री खाउ भनेर दिएँ । त्यहाँबाट पनि धोका भयो ।’ प्रधानमन्त्री ओलीलाई फटाहा भन्दै दाहालले भन्नुभयो, ‘केपी ओलीलाई चिन्न गल्ती भयो । फटाहा जाली झेली रहेछन् । केपी ओलीको मनभित्र पस्न सकिएन ।’

अन्तिम पटक अध्यावधिक गरिएको 2 महिना अगाडी 244 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्