madan-ashrit


जेठ ३, पोखरा,

नेकपा एमालेले आज २८ औं मदन –आश्रित स्मृति दिवस मनाउँदैछ। स्मृति दिवसको अवसरमा मदननगर बल्खुमा स्मृति दिवस समारोह हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो।

तामाङका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र केहि स्थायी कमिटी सदस्यहरुको उपस्थितिमा बल्खुमा रहेको मदन–आश्रितको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम हुने तामाङले बताउनुभयो।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० जेठ ३ गते आजकै दिन दाशढुंगामा भएको जीप दुर्घटनामा परी निधन भएको थियो। उहाँको मृत्युको कारण भने आज पनि रहस्यमय नै रहेको छ । विभिन्न समयमा भण्डारीको उक्त दुर्घटना सम्बन्धि आवाजहरु उठाए पनि ति आवाजहरुले सत्यतथ्य बाहिर ल्याउन भने सकिरहेका छैनन् । स्वर्गिय भण्डारीकी श्रीमति विद्यादेवि भण्डारी वर्तमान नेपालको राष्ट्रपति हुनुहुन्छ तर पनि भण्डारीको रहस्यमय मृत्युकोबारेमा राष्ट्रपतिले उति चासो नदिएको उहाँनिकट स्रोतहरुनै स्विकार गर्दछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मदन आश्रित दिवसको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै मदन भण्डारी र जीवराज आश्रित लोकतन्त्रका धरोधर भएको बताउनुभएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1 महिना अगाडी 2436 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्